Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

टिकटकले शर्त मान्न तयार भएकाले सरकार प्रतिबन्ध हटाउने तयारीमा


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 228
    Shares

  • टिकटकले शर्त मान्न तयार भएकाले सरकार प्रतिबन्ध हटाउने तयारीमा

    काठमाडौं । सरकारले शर्तहरू मान्न तयार भएपछि टिकटकको प्रतिबन्ध हटाउन लागेको हो ।यस विषयमा टिकटकका प्रतिनिधिहरु काठमाडौं आएर छलफल गरेका हुन् ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकार शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको मन्त्रालय स्रोतको भनाइ रहेको छ ।

    सामाजिक सद्भाव खलबल्याएको भनी सरकारले गत २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । बन्देज लगाइएको ९ महिना पछि यही गएको ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको निर्णय गरेको  थियो । टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।

    प्रतिक्रिया दिनुहोस