Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रिफिल नहुने पकेट ग्यास लाइटर यो साउनमा एक लाख बढी आयात, गत वर्षको तुलनामा आयात मूल्य र राजस्वमा प्रति थान अढाई रुपैयाँको वृद्धि


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 258
    Shares

  • रिफिल नहुने पकेट ग्यास लाइटर यो साउनमा एक लाख बढी आयात, गत वर्षको तुलनामा आयात मूल्य र राजस्वमा प्रति थान अढाई रुपैयाँको वृद्धि

    काठमाडौं । रिफिल नहुने पकेट ग्यास लाइटर चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत वर्षको तुलनामा एक लाख बढी थान आयात गरिएको छ । ९६१३१००० एचएसकोड अन्तर्गत रिफिल नहुने पकेट ग्यास लाइटर १ करोड १९ लाख  १० हजार थान आयात भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख भएको छ ।

    यो प्रतिवेदन अनुसार आयात मूल्य प्रति लाइटर  गत वर्षको तुलनामा अढाई रुपैयाँ जतिले बढी तय रहेको छ । त्यसैगरी आयात राजस्व पनि अढाई रुपैयाँले बढी रहेको छ ।चालु आर्थिक वर्षको साउन महिनामा कुल आयात गरिएको रिफिल नहुने पकेट ग्यास लाइटरको कुल आयात मूल्य ९ करोड २९लाख ६९ हजार छ भने आयात राजस्व ४ करोड ५४लाख ९४ हजार रहेको छ ।

    आयात संख्या र मूल्यबीचको सामान्य हिसाबका आधारमा चालु आवको साउनमा रिफिल नहुने पकेट ग्यास लाइटरको प्रति थान आयात मूल्य ७ रुपैया ८० पैसा बढी हुन्छ भने आयात राजस्व प्रति थान ३ रुपैया ८१ पैसा बढी हुन्छ ।

    उक्त एचएसकोड अन्तर्गत आयात गरिएका रिफिल नहुने पकेट ग्यास लाइटरको प्रति थान आयात मूल्य गत आवमा ५ रुपैया ३० पैसा र आयात राजस्व १ रुपैया ५८ पैसा बढी रहेको थियो । गत आवमा कुल लाइटर १ करोड १८ लाख ४ हजार ४सय ५ थान आयात हुँदा आयात मूल्य ६ करोड २५लाख ७४हजार र आयात राजस्व १करोड ८७ लाख ६७ हजार रहेको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।  

    प्रतिक्रिया दिनुहोस