Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

टेलिटकले नेपाली बजारमा ल्याएको बोटको व्यापार बढ्यो, ब्रान्ड विक सेलमा ६० प्रतिशतसम्म छुट


नया सडक

२०८१, भदौ २१ शुक्रबार

  • 387
    Shares

  • टेलिटकले नेपाली बजारमा ल्याएको बोटको व्यापार बढ्यो, ब्रान्ड विक सेलमा ६० प्रतिशतसम्म छुट

    काठमाडौँ  । टेलिटक प्रालिले नेपाली बजारमा ल्याएको बोटको व्यापार  बढेको छ । भारतको नम्बर एक अडियो तथा वेयरेवल ब्राण्ड बोटको आधिकारिक बिक्रेता टेलिटकले विक सेलमा  बोट ब्रान्डमा६० प्रतिशत सम्मको छुट दिएको छ ।तीन वर्ष अगाडिदेखि टेलिटकले नेपालमा भित्र्याएको बोट नेपाली उपभाक्ता माझ लोकप्रिय बनेको छ ।

    बोट पछिल्ला समयमा द्रुतगतिमा लोकप्रिय बन्दै गएको छ । बोटले टेलिटक प्रालिसँग सहकार्य  गरी  प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरूको बजारीकरण मार्फत क्षेत्रीयरूपमा अगुवाई कायम गरिरहेको छ ।पछिल्ला दुई आर्थिक वर्षमा निरन्तर रूपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान बोटले प्राप्त गर्न सफलता प्राप्त गरेको छ ।नेपाली उपभोक्ताहरूमाझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरू प्रदान गर्ने बोटले प्रतिबद्धता जनाएको छ ।

    नेपालभरि १ हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा बोटका ब्राण्डहरू उपलब्ध छन् । बोट सुरुदेखि  दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा आफ्नो प्रस्तुति कायम राख्दै आएको छ ।बोटले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरूबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।बोटले भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा ब्राण्ड विक  सेलको आयोजना गरिरहेको छ । यो विक सेलबाट नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवद्र्धन गर्ने अपेक्षा बोटको छ । यस विक सेलमा बोटले उपभोक्ताहरूलाई ६० प्रतिशतसम्मको छुट दिने घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस