Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

एक्कासि प्रधानमन्त्री ओली नजाने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 396
    Shares

  • एक्कासि प्रधानमन्त्री ओली नजाने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

    सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले  आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नजाने भएपछि समारोह स्थगित भएको छ । प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले आइतबार आयोजना हुने कार्यक्रम स्थगित भएको जानकारी सार्वजनिक गरेका हुन् ।

    स्थापना भएको १३ वर्षपछि गर्न लागिएको दीक्षान्त समारोहको सम्पूर्ण तयारी भइसकेको  अवस्थामा मध्यरातमा सो कार्यक्रम स्थगित भएको हो ।समारोहमा सहभागी हुन विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरू समेत जुम्लामा पुगिसकेका थिए । एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भनिएपछि कार्यक्रम स्थगित गर्नुपरेको उपकुलपति रावलले जानकारी सार्वजनिक गरे ।

    दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम थियो । दीक्षान्त समारोहमा लाखौँको खर्च भइसकेको , कर्णालीबाहिरबाट सहभागी हुनुपर्ने व्यक्तिह पुगिसकेको अवस्थामा प्रधानमन्त्री ओलीको कारण समारोह स्थगित भएपछि पुगेकाहरुले दिक्क मानिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस