Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 93
    Shares

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज युरो, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घट्दा पाउन्ड, कुबती दिनारसहितका केही मुद्रा महँगिएका छन्। अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने हिजोकै यथावत छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ।

    विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २३ पैसा कायम भएको छ। 

    आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। 

    आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

    त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ। हिजो पनि कतारी रियाल यही मूल्यमा कारोबार भएको थियो। आज युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा कायम भएको छ। 
    आज मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा कायम भएको छ। आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा कायम भएको छ। 

    त्यसैगरी कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ५९ पैसा कायम भएको छ। 

    आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा कायम भएको छ। 

    प्रतिक्रिया दिनुहोस