काठमाडौं । सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय १ घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् ।
खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा झारिएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।