Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

सम्पत्ति बीमा निर्देशन २०८०मा संशोधन, जलविद्युत बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण जोखिम अनिवार्य गरियो

सम्पत्ति बीमा निर्देशन २०८०मा संशोधन, जलविद्युत बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण जोखिम अनिवार्य गरियो

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० संशोधन गरेको छ । प्राधिकरणले जलविद्युतको बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यसम्बन्धी जाखिमको व्यवस्थालाई निर्देशन संशोधन गरी अनिवार्य गरेको हो ।

    यसअघि निर्देशिकामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यसम्बन्धी  जाखिमको व्यवस्था बीमितका लागि ऐच्छिक भनी राखिएको थियो । जसको बीमाशुल्क ६ महिनासम्म ०.३० प्रति हजार र ६ महिनादेखि १ वर्षसम्म ०.५० प्रति हजार रुपैयाँ थियो ।

    संशोधन पछि  जलविद्युतको बीमा गर्दा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यसम्बन्धी  जाखिमको व्यवस्था बीमा कम्पनीले स्वतः गर्नुपर्ने भएको छ । त्यसका लागि जलविद्युतको सम्पत्ति बीमा अन्तर्गतको बीमाशुल्कमा नै समेटिएको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij