Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 108
    Shares

  • पहिरोले काठमाडौँ–मुग्लिङ सडक खण्ड अवरुद्ध
     
    काठमाडौँ । काठमाडौँ–मुग्लिङ सडक खण्डमा आज दिउँसो पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।
     
    काठमाडौँ–मुग्लिङ सडक खण्ड अन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो आउँदा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
     
    उहाँले भन्नुभयो, “पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ ।” सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको  प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस