Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

पर्सा प्रहरीद्वारा करिब चार करोड बराबरको ह्विस्की र कम्प्युटर माउस लोड गरिएका ट्रकहरू नियन्त्रणमा

पर्सा प्रहरीद्वारा करिब चार करोड बराबरको ह्विस्की र कम्प्युटर माउस लोड गरिएका ट्रकहरू नियन्त्रणमा

  • काठमाडौँ । पर्सा प्रहरीले करिब चार करोड बराबर  ह्विस्की र कम्प्युटर माउस लोड गरिएका ट्रकहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाएको छ ।३ करोड ९३ लाख ८८ हजार ६ सय  ३१ बराबरको मालवस्तुहरू लोड रहेको ट्रकहरू थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रर्सा जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

    विशेष सूचनाको आधारमा मिति २०८१।०५।२५ गते अन्दाजी बेलुका ९ बजेर ४० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ लु १ ख ७५३२, ना ३ ख ५४९ नम्बरको मालवाहक ट्रकहरूमा साथमा रहेको बिलबीजक भन्दा बढीका ह्विस्की  र कम्प्युटर माउस लगायतका मालवस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा यस कार्यालयबाट खटिएको टोलीले उल्लेखित नम्बरहरूको मालवाहक ट्रकहरू नियन्त्रणमा लिई अन्दाजी मूल्य रू.३,९३,८८,६३१।– (तीन करोड त्रियान्बे लाख अठासी हजार छ सय एकतीस) बराबरका ह्विस्की र कम्प्युटर माउस सहितका मालवस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले एक विज्ञप्ति गरी जनाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij