Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

अर्थमन्त्री पौडेलद्वारा लक्ष्य अनुसार राजस्व संकलन गर्न निर्देशन, उद्योगी व्यवसायीद्वारा भन्सार कानुनमा सुधार गर्न पर्ने माग

अर्थमन्त्री पौडेलद्वारा लक्ष्य अनुसार राजस्व संकलन गर्न निर्देशन, उद्योगी व्यवसायीद्वारा भन्सार कानुनमा सुधार गर्न पर्ने माग

  • काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले समग्र अर्थतन्त्र दबाबमा रहेको बताएका छन् । भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै बिहीबार मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

    धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै अर्थमन्त्री पौडेलले राजस्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । लक्ष्यअनुसार राजस्व संकलनमा ध्यान दिन भन्दै अर्थमन्त्री पौडेलले लक्ष्य अनुसार राजस्व संकलन नहुने हो कि भनी आफूलाई चिन्ता भएको बताए ।

    कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार व्यवस्था सुधार र त्यसको चुनौतीका बारेमा जानकारी दिएका थिए ।निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारसम्बन्धी नीतिका केही व्यवस्थाले व्यावसायीलाई निरुत्साहित बनाएको बताए ।अग्रवालले त्यस्ता विषयमा सुधार गर्न पर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij