Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

साउनमा डेढ अर्ब बढी रुपैयाँको बीमा सरेन्डर, १० हजार बढीले बीमा सरेन्डर गरे


नया सडक

२०८१, भदौ २८ शुक्रबार

  • 228
    Shares

  • साउनमा डेढ अर्ब बढी रुपैयाँको बीमा सरेन्डर, १० हजार बढीले बीमा सरेन्डर गरे

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो महिना साउनमा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा त्याग (सरेण्डर) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् ।

    सबैभन्दा धेरै बीमा सरेण्डर गरेकाहरूले   लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) बीमितहरू छन् । एलआईसीका २ हजार ७१५ जना बीमितले साउन महिनामा  ५१ करोड ३४ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् ।

    यस्तै नेपाल बीमा प्राधिकरण अनुसार नेपाल लाइफबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् ।एसियन लाइफका ९ सय ७९ बीमितले १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् ।

    सन लाइफ नेपाल र प्रभु महालक्ष्मी लाइफमा सबै भन्दा कम सरेन्डर गर्नेहरू रहेका छन् । सन लाइफका ६९ जना बीमितले ५७ रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन्  भने प्रभु महालक्ष्मीका ८७ बीमितले १ करोड ५ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस