काठमाडौं । आज फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।
भदौ २८ गते छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।