Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त


नया सडक

२०८१, भदौ ३० आइतबार

  • 258
    Shares

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको  सीईओमा अन्जु श्रेष्ठ नियुक्त

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त गरिएको छ ।सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकबाट कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

    ललितपुर महानगरपालिका १० ज्वागल निवासी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

    गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठलाई दिइएको थियो । लामो समयदेखि बीमा क्षेत्रमा आबद्ध तथा पुनर्बीममा विशेष दख्खल राख्ने  श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकालगायतको भूमिकामा काम गरिसकेकी छिन् ।  

    प्रतिक्रिया दिनुहोस