Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जापानी ब्रान्ड पाइलट पेनको आधिकारिक  बिक्रेता फेयर ट्रेड प्रालिद्वारा राजस्व छली


२०८१, भदौ ३० आइतबार

  • 990
    Shares

  • जापानी ब्रान्ड पाइलट पेनको आधिकारिक  बिक्रेता फेयर ट्रेड प्रालिद्वारा राजस्व छली

    काठमाडौँ । काठमाडौंँको झोछेँ वसन्तपुर ठेगाना भएको  फेयर ट्रेड प्रालिले राजस्व छलेको पाइएको छ । पाइलेट ब्रान्डका विभिन्न पाइलेट पेन, पाइलट लाइनर, पाइलट मार्कर र पाइलट ग्लु तथा डुप्लेक्स पेपर र अन्य करोबारमा ठुलो मात्रामा राजस्व छली गरिरहेको पाइएको हो ।  जापानी ब्रान्ड पाइलट पेनको आधिकारिक वितरक फेयर ट्रेड प्रालिले  विगत लामो समयदेखि एक सय पचास भन्दा बढी  विभिन्न किसिमका पाइलट पेनको थोक र आफ्नै शोरूमबाट खुद्रा बिक्री वितरण गर्दै आएको छ ।फेयर ट्रेडले विभिन्न पाइलट पेन तथा अन्य स्टेशनरीजन्य वस्तुहरूको कारोबारमा भ्याट , भन्सार र अन्य शीर्षकहरूमा राजस्व छल्दै आएको स्रोतले बताएको छ ।

    फेयर ट्रेडका रामगोपाल पायलका अनुसार कम्पनीले १५ रूपैयादेखि ५०÷६० हजारसम्मका विभिन्न भेराइटीका पेनहरू बिक्री वितरण गर्दै आएको छ । उनले पाइलट ब्रान्डका पेनहरू सिधै जापानबाट आउने बताएपनि पाइलट ब्रान्डका विभिन्न पेनहरू तथा अन्य ग्लु डुप्लेक्स पेपर हंगकंगका निर्यातकर्ताले नेपालको फेयर ट्रेडलाई पठाएको बताइन्छ ।
    पाइलट ब्रान्डका विभिन्न किसिमका पेनहरूको मूल्य वास्तविक पर्ने मूल्य भन्दा बढीमा बिक्री गर्ने र कमको भ्याट बिल दिएर राजस्व छली गरिरहेको बताइएको छ ।बजारमा १ सय ६०रुपैयाँमा किन्न पाइने हाइटेक पाइलट पेनको एमआरपी १ सय ३५ रुपैया फेयर ट्रेडले राखेको छ । यसको वास्तविक मूल्य बढीमा असी रुपैयाँ सम्म मात्र पर्ने समाचार स्रोतले बताएको छ ।

    फेयर ट्रेडले सरकारले तोकेको भन्दा बढी नाफा राखेर उपभोक्तालाई ठगी गर्ने गरेको समेत पाइएको छ ।फेयर ट्रेडका रामगोपालले नयाँ सडकसँगको कुराकानीमा आफूलाई सबै कुरा थाहा नभएको बताउँदै कम्पनीका मालिकहरूसँग कुरा गर्न भने । यससम्बन्धमा कम्पनीका सञ्चालक शैलेश गोयनकासँग उनको नम्बरमा सम्पर्क गर्न खोज्दा अर्कै व्यक्तिले पछि कुरा गराउने भने । फेयर ट्रेड मिन अग्रवालको नाममा दर्ता रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस