Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

भारतले पाम आयल आयातमा चार गुणा भन्सार बढायो, अब साफ्टा सुविधा मार्फत नेपालबाट निर्यातको बाटो खुल्यो

भारतले पाम आयल आयातमा चार गुणा भन्सार बढायो, अब साफ्टा सुविधा मार्फत नेपालबाट निर्यातको बाटो खुल्यो

  • काठमाडौँ । भारत सरकारले पाम आयलको आयातमा चार गुणा भन्सार वृद्धि गरेको छ ।भारतले मुख्य ३ वनस्पति तेलको कच्चा पदार्थको आयातित भन्सार मूल्यमा चार गुणाले  भन्सार शुल्क वृद्धि गरेको हो ।

    भारतले पाम आयल, सूर्यमूखी र भटमासको कच्चा तेलको आयातमा २० प्रतिशत भन्सार महशुल तोकेको छ ।भारतले लोकसभा निर्वाचन २०२४ लाई  ध्यान दिएर सन् २०२२ मा कच्चा तेलको भन्सार महसुल २७ बाट झारेर  ५ प्रतिशत बनाएको थियो। 

    अब ५ बाट २० प्रतिशत भएपछि निर्यात प्रशस्त हुने नेपाली उद्योगीहरूको  विश्वास छ । नेपालबाट साफ्टा सम्झौताअनुसार भारततर्फ खानेतेलको निर्यात भइरहेको छ। साफ्टाअन्तर्गत निर्यात गर्दा भन्सार महसुल शून्य प्रतिशत छ ।उद्योगी व्यापारीहरूका अनुसार भारत तेल निर्यात सुरु हुन २ महिना लाग्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij