काठमाडौँ । दुई खर्ब बढी रकम परिपक्व हुन बाँकी रहेकै बेला नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको तलता तान्न लागेको छ ।राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा तरलता बढेपछि २५ अर्ब रुपैयाँ खिच्न लागेको हो ।
राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थाले बुधबार अपराह्न ३ बजेसम्म यसका लागि प्रस्ताव गर्न समय दिएको छ ।यसअघि बोलकबोलमार्फत खिचेको २ खर्ब १५ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी रहेको छ।