Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजना पक्राउ

स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजना पक्राउ

  • सिरहा । सिरहामा स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजबिराज नगरपालिका १० का ५७ वर्षिय मजित मिया, सोही ठाउँका २८ बर्शिय मो. अल्लाउदिन र २३ वर्षिय अजय चौधरी रहेका छ्न। स ९ प ११६२ नम्बरको मोटरसाइकल चढेर हुन्डीसम्बन्धी कारोबार गर्नेहरू लहानतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारीले मोटरसाइकलसहित तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ स्थित चेक जाँच गर्नेक्रममा उनीहरूले आ–आफ्नो साथमा लुकाएको १४ लाख १९ हजार आठ सय ९० नेपाली रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। चेक जाँचको क्रममा मोटरसाइकल चालक मजित मियाले आफ्नो कम्मरमा बाधेको निलो रङ्गको पटुका कम्बरी भित्रबाट नेपाली रुपैया ८ लाख १४ हजार ८ सय ९० रुपैया र भारु ४०० र मोटरसाइकलको बिचमा सवार मो. अल्लाउदिनले लगाएको पाइन्टको कमर नजिक रहेको गोजिबाट नेपाली रुपैया २ लाख ४ हजार ५ सय र २३ वर्षिय मोटरसाइकल पछाडि सवार अजय चौधरीले आफ्नो कम्बरमा बाधेको सुन्तला रङ्गको पटुका भित्रबाट ४ लाख ५ सय गरि जमा रुपैया १४ लाख १९ हजार ८ सय नब्बे रुपैया स्रोत नखुलेको र मोबाईल ३ थान प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मोटरसाइकल र रकम सहित उनीहरुलाई नियन्त्रणमा लिई हुन्डी कारोबार सम्बन्धि कसुर मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij