
काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आजै तोकिने भएको छ । सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट नयाँ गभर्नर तोकिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीको पदावधि चैत २४ गते सकिएपछि उक्त पद खाली रहेको छ । गभर्नर छनौट समितिले गरेको सिफारिस भएका नामहरू मध्येबाट मन्त्रिपरिषद्ले नयाँ गभर्नर छनौट गरिने प्रावधान रहेके छ । स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकबाट नयाँ गभर्नरको छनौट हुने छ ।
गभर्नर छनौटसम्बन्धी विषय संसदमा समेत विवादित बन्न पुगेको छ । पूर्वप्रधानमन्त्री तथा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले बिचौलियाको भनाइमा गभर्नरको नियुक्ति गर्न लागेको आरोप लगाएका थिए । यसैगरी सत्ताधारी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि गभर्नर नियुक्तिका बारेमा पनि त्यस्तै आशंका व्यक्त गर्दै त्यस्तो नगर्न आग्रह गरेका छन् । स्रोतले अन्यथा केही नभए आजै गभर्नर तोकिने जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij