Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

अन्धविश्वास समाज : धर्मको नाउँमा ठग्दै


२०८१, असोज २ बुधबार

  • 234
    Shares

  • अन्धविश्वास समाज : धर्मको नाउँमा ठग्दै

    सिरहा।अन्धविश्वास एउटा  जटिल बिषय हो।अधुनिक दुनियाँमा धेरै बैज्ञानिक र प्राबिधिक बिकास भए बावजुद पनि अन्धविश्वासको प्रबिधि भने मानिसको जीवनबाट हराउन सकेको छैन। यहि बिश्वासले मनिसको सोचमा समेत नराम्रो असर परेको छ।
    अन्धविश्वासले नेपाली समाजमा  धर्म तथा   विभिन्न  बहाना मा समय(समयमा ठगिरहेका छन्। जसमा विशेषगरी शैक्षिक र आर्थिक रूपमा कमजोर वर्ग यसको सिकार भइरहेका छन्।
    यस्तै अन्धविश्वासले सिराहामा धर्मको आड लिएर एक ब्यक्तिले लाखौं रकम ठगी गरिरहेका छ्न। स्थायी घर लाहान ( २२ भएको  गोबिन्द बाबा ९भाईरल बाबा०ले आफू प्रति भगवान आकर्षित भएको दावी गर्दै श्रद्धालु संग रकम लिनेगरेको पाइन्छ ।
    हाल लाहान वडा न। १ स्थित आफ्नै घरमा विभिन्न रोगको उपचार आफू संग रहेको भन्दै प्रती ब्यक्ति १५,०० ९पन्द्र सय रुपैयाँ० लिने गरेको स्वयं बाबाले स्वीकार गरेका छन् । उनले आफू जडीबुटीको औषधि बापत पैसा लिनेगरेको बताएका छन् । यी बाबाले आफुद्वारा क्यान्सर, सुगर, प्रेसर लगायत अन्य दीर्घ रोगका बिरामी समेत निको भएको दावी गरेका छन्। उनले म नीर नेपाल मात्र हैन, रूस, जपान, अमेरिका, मलेसिया, दुवई, कतारका मान्छेहरू पनि आउने गरेका बताउँछन् ।
     दैनिक रुपमा करिब ३ सय जना भक्तजनको भिड लाग्ने बाबाको घरमा १५० जनाले रु। १५,०० तिरेर जडिबुटीको औषधि लिनेगरेको स्थानीय बताउँछन्  । भाईरल बाबाको दैनिक आम्दानी औसत रुपमा १ लाख ५० हजार हुने गरेको स्थानीय  बताउँछन् । बिरामीलाई औषधि दिए बापत कुनै प्रकारको बिल भर्पाई नदिएको उनकै अनुयायीहरु बताउँछन्।
    उनको आम्दानी रकम बारे आन्तरिक राजस्व कार्यालय समेत अनभिज्ञ रहेको देखिन्छ। यस प्रति प्रहरी, प्रशासन लगायत अन्य सरोकारवाला निकायको मौनता  रहेको छ।
    को हुन भाईरल बाबारु
    सिरहाको लहान ( २२ गम्हरिया घर भएका भाईरल बाबाको नामले परिचित उनको नाउँ  रामवृक्ष साह हो।
    पाँच जना छोरा  भएका यी बाबामध्ये तीन छोराहरू समेत यी कार्यमा  लागिपरेका छन् । 
    भाईरल बाबा भनिने साहले पहिले पहिले स्थानिय फूलवारी मेला लगायतका ठाउँहरूमा फुक्ना ९बेलुन० , डिबि लगायत गाउँघरमा तेल र पिना ९खैइर० बेच्दै आएका उनले पछिबाट जडिबुटी गाउँघरमै बेच्न थालेको बताईन्छ ।
    स्थानिय स्तरमा उनलाई नपत्याएपछि उनी सिराहाको माडरमा कोठा लिएर स्थानिय हाट बजारमा जडिबुटी बेच्दै आएका थिए । उनको फटाईको राज खुल्दै गएपछि  उनी उक्त ठाउँबाट       लखेटिएपछि सिरहाको नरहामा केही समय जडीबुटीको व्यापार गर्दै बसेका थिए । लुट धन्धामा लागिपरेका उनलाई उक्त ठाउँमा सहज नभएपछि चोहर्वा आई बसे । 
    पछिल्लो समय मिर्चैया रोजेका उनले बेच्दै आएको जडिबुटी र झारफुकको झुठो राज खुल्न थालेपछि उनी हाल लाहान १ स्थित आफ्नै घरमा बस्दै आएको उनी भाईरल बाबाको नामले परिचित छन् । 
    उनीकहाँ उपचारमा आउने व्यक्तिलाई बोल्न लगायर सामाजिक सञ्जालमा उनको छोराहरूले विभिन्न एपसको प्रयोग गरेर राख्दै आएको बताइन्छ ।
    उनी कहाँ दैनिक २०० देखि ३०० सख्यामा धामी झाक्रीको काम लिएर मानिसहरू आइरहेको छ । प्रत्येक व्यक्तिबाट १५ सयको दरले रकम असुली गर्दै आएको छ । 
    एक पार्टीको गाउँ कमिटी सभापति समेत रहेका उनले लाहान ६  स्थित एक मन्दिर ,स्थानिय बेली  डिहिबार मन्दिर र कल्याण दह आधारभूत विद्यालय लगायतका ठाउँहरूमा उनलाई अन्य व्यक्तिबाट दानको रूपमा प्राप्त भएको घण्टीमा दाताको नाम मेंटर भाईरल बाबाले आफ्नो नाम राखेर दान गरेको स्थानिय बताउँछन् ।
     आर्थिक स्थिति अत्यन्त नाजुक भएका उनले सम्पति आर्जनको गलत रवैया अपनाए पनि उनीमाथि सिरहा प्रशासनले हालसम्म कुनै कदम चालेको देखिँदैन ।
    यता ताल न बेतालको गलत भिडियो बनाएर उनको प्रचारबाजीमा लागेका व्यक्तिहरूले नेपालको संविधान र कानुनको धज्जी उडाएको समेत अवस्था रहेको छ । 
    उनको प्रचारमा केही यूट्यूबर समेत उको गुण  गाएको देखिन्छ   । समाज परिवर्तनको दिशामा लागेका यस्ता व्यक्तिहरूले गलत रवैयाको पर्दाफास गर्नुको सट्टा मलजल गर्नु कुनै हिशाबले ठीक होइन । भाईरल बाबाको जडिबुटी सहितको औषधी बेच्ने तरिका अचम्मको छ । उनले गरेको झारफुकबाट कुनै असर नपरेको स्थानीयहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस