Logo

Jul 16 2025 | २०८२, असार ३२गते

Jul 16 2025 | २०८२, असार ३२गते

images

शेयर बजार ओरालो बाटोमा जाँदा सरकार चिन्तित, अर्थमन्त्री पौडेलले गरे नेपाल स्टक एक्सचेन्जको स्थलगत भ्रमण

शेयर बजार ओरालो बाटोमा जाँदा सरकार चिन्तित, अर्थमन्त्री पौडेलले गरे नेपाल स्टक एक्सचेन्जको स्थलगत भ्रमण

  • काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले घट्दो शेयर बजारको विषयमा जान्न आफै नेपाल स्टक एक्सचेन्ज पुगेका छन् । पछिल्लो एक महिनामा नेप्से ४सय अंकले झरेर ओरालो लागेपछि अर्थमन्त्री पौडेलले चिन्ता चासो व्यक्त गर्न बुधबार नेप्से पुगेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा अर्थमन्त्री पौडेल आउने भएदेखि उछालको प्रवृति सुरु भएयता प्रधानमन्त्री ओली समेतले यसको जस लिने अभिव्यक्ति सार्वजनिक गर्दै आएका बेला बजार ओरालो लागेको छ ।

    अर्थमन्त्री पौडेलले राजस्व सचिव दिनेश घिमिरे र नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यवाहक अध्यक्ष महेश बरालसहित नेप्सेमा पुगेर शेयर बजार ओरालो लागेको विषयमा सवाल सोधेका थिए ।असार १७ पछि नेप्से ९४७ अंकले बढेर साउन ३१ गते ३००० विन्दु पुगेको थियो। साथै  साउन महिनामा सबै कारोबार भएको दिन १० अर्बभन्दा माथिको कारोबार भएको थियो। साउन ३१ गते अहिलेसम्मकै सर्वाधिक २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो।त्यसयता निरन्तर ओरालो लाग्दै आएर बजार २५००मा आएको छ ।अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङ र कर्नरिङबारे पनि नेप्सेका अधिकारीसँग जानकारी लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij