Logo

Apr 11 2025 | २०८१, चैत २९गते

Apr 11 2025 | २०८१, चैत २९गते

images

साइबर अपराधमा अनुसन्धान गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति

साइबर अपराधमा अनुसन्धान गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति

  • काठमाडौँ ।प्रहरीले अदालतबाट  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्ने अनुमति पाएको छ ।जिल्ला अदालत, काठमाडौँले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार रामु शर्माले जानकारी सार्वजनिक गरेका हुन् ।

    साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्द प्रहरीको केन्द्रीय साइबर ब्यूरो अदालत गएको थियो ।बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

    प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको अदालत स्रोतले  जनाएको छ ।उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij