Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नेपाल वित्तीय प्रतिवेदन मान १७ कार्यान्वयनसम्बन्धी  छलफल सम्पन्न, सम्बद्ध सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आवश्यकता


नया सडक

२०८१, असोज ३ बिहीबार

  • 348
    Shares

  • नेपाल वित्तीय प्रतिवेदन मान १७ कार्यान्वयनसम्बन्धी  छलफल सम्पन्न, सम्बद्ध सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आवश्यकता

    काठमाडौँ । नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस) कार्यान्वयन सम्बन्धी आवश्यक तयारी लगायतका विषयमा लेखासम्बन्धी नियामक निकाय तथा सरोकारवालाहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आगामी २०८२ साल साउन १ गतेदेखि बीमा क्षेत्रमा पूर्णरूपमा कार्यान्वयनमा आउने एनएफआरएसबारे नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंँँमा सम्पन्न अन्तरक्रियामा छलफल भएको हो ।

    एनएफआरएसको कार्यान्वयनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने तयारी, नियामक निकायहरूको भूमिका, जनशक्ति तथा नवीनतम प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको थियो ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले आगामी २०८२ साल साउन १ गतेदेखि एनएफआरएस कार्यान्वयनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।एनएफआरएस कार्यान्वयनमा सहयोग गर्न प्राधिकरणको संयोजकत्वमा लेखासम्बन्धी नियामक निकायहरूका यससम्बन्धी विज्ञहरू सम्मिलित समिति गठन गर्नुपर्ने आवश्यकता सो छलफलमा औँल्याइएको थियो ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का अध्यक्ष प्रवीणकुमार झाले बीमा क्षेत्रमा एनएफआरएस कार्यान्वयनका लागि आईक्यानबाट पूर्णरूपमा सहयोग प्राप्त हुने विश्वास दिलाए ।लेखा परीक्षणमान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि विद्यमान जनशक्तिको क्षमता अभिवृद्धि र गुणस्तरीय जनशक्तिलाई आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता आँैल्याए ।लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापा,नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र निर्देशक पूजन ढुंगेल अधिकारीलगायतले एनएफआरएस कार्यान्वयनबाट बीमा क्षेत्र थप सबल, विश्वसनीय, पारदर्शी र जवाफदेही हुने विश्वास व्यक्त गरेका थिए ।

    उक्त छलफल कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, लेखापरीक्षणमान बोर्ड र लेखामान बोर्डका पदाधिकारी, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघका अध्यक्ष तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरूको सहभागिता  थियो ।

     

    प्रतिक्रिया दिनुहोस