Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

कर छली गरी ल्याउन खोजिएको एक करोड बढीको अवैध लत्ताकपडासहित भारतीय नागरिक पक्राउ

कर छली गरी ल्याउन खोजिएको एक करोड बढीको अवैध लत्ताकपडासहित भारतीय नागरिक पक्राउ

  • हेटौडा । हेटौडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको  भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका  रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको हो ।

    पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौडादेखि काठमाडौँसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरीले जानकारी सार्वजनिक गरेको हो ।डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको छ । प्रहरीका अनुसार ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।

    प्रहरीलाई झुक्याउन ट्रकभित्र आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको र बाँकी ट्रकको भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोल सहितको सर्ट र पाईन्टको कपडाहरु ल्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij