Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन


नया सडक

२०८१, असोज ६ आइतबार

  • 153
    Shares

  • झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन

    भद्रपुर (झापा)। जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सो अवधिमा सबैभन्दा धेरै एक हजार छ सय ८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु १० लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

    यसैगरी एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका छन् । कार्यालयको तथ्याङ्कानुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र तीन सय ६० जना सामान्य घाइते भएका थिए । प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् । यस अवधिमा दुई सय २६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप÷कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए ।(रासस)

    प्रतिक्रिया दिनुहोस