Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको साधारण सभा असोज २३ गते , बुक क्लोज असोज ११ गते


नया सडक

२०८१, असोज ७ सोमबार

  • 84
    Shares

  • सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको साधारण सभा असोज २३ गते , बुक क्लोज असोज ११ गते

     

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको असोज २३ गते साधारण सभा बस्ने भएको छ । सभा, आनमोल ब्यांकेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

    बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस