Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८१, असोज ७ सोमबार

  • 111
    Shares

  • आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

     

    काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज ७ गते अन्तिम दिन हो । बैंकले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंगलबार असोज ८ गते बुक क्लोज गर्दैछ ।  आाज सोमबार असोज ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    उक्त लाभांश पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस