Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

भन्सार छुटको चिनी दशैँ अघि आउन नसकेपछि  दशैँमा चिनीको अभाव र मूल्य वृद्धि हुने सम्भावना

भन्सार छुटको चिनी दशैँ अघि आउन नसकेपछि  दशैँमा चिनीको अभाव र मूल्य वृद्धि हुने सम्भावना

  • काठमाडौँ । दशैँमा चिनीको अभाव हुने सम्भावना बढेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउनुपर्ने भन्सार छुटको चिनी नआएपछि चिनीको अभाव हुने सम्भावना बढेको हो ।सरकारले चाडपर्वका लागि भन्सार छुटमा ल्याउन  अनुमति दिएको चिनी दशैँअघि नआउने पक्का भएजस्तो चिनीको अभाव हुने अडकल काटिएको छ ।

     भदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १५÷१५ हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको थियो ।त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्ने अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको भएपनि हालसम्म परराष्ट्र मन्त्रालयले त्यसका लागि स्वीकृति नदिएको हो ।सरकारले सरकारबाट अर्थात जी टूजी विधिबाट  खरिद गर्न परराष्ट्रको स्वीकृति आवश्यक भएकोले दशैँ अघि त्यो चिनी आउन नसक्ने देखिएको  ।

    साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीहरूको अनुसार अब स्वीकृति पाए पनि प्रक्रियाले गर्दा छुटको चिनी दशैँ  अघि ल्याउन सकिँदैन । टेण्डर आह्वान गरेको सात दिनभित्र स्वीकृति प्राप्त हुन्छ ।  स्वीकृति पाए २ हप्तामा चिनी आइपुग्छ । ती अधिकारीहरूका अनुसार निजी कम्पनीले चिनी  ल्याइरहेकाले चिनीको अभाव हुने छैन् ।तर उपभोक्ताहरूले यो वा त्यो नाउँमा चिनीको अभाव र चिनीको मूल्यमा वृद्धि गरी बेचिने अघिको चलन चल्ने छ । उपभोक्ताले महँगो चिनी किन्छन् । सरकारलाई सराप्छन् । सरकारले बजार अनुगमन गरी एक्कादुक्का  चिनीका बोरा जफतका नाटक मञ्चन गरिने ती उपभोक्ताहरूको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij