Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

चार लाखमा नागरिकता बनाउने तिब्बती जुवा खेल्दै गर्दा पक्राउ,नागरिकता बनाउन सहयोग गर्ने चारसमेतमाथि अनुसन्धान हुँदै


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 174
    Shares

  • चार लाखमा नागरिकता बनाउने तिब्बती जुवा खेल्दै गर्दा पक्राउ,नागरिकता बनाउन सहयोग गर्ने चारसमेतमाथि अनुसन्धान हुँदै

    काठमाडौं । प्रहरीले  तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा  चार जनालाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले  धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ का ३१ वर्षीय मदनबहादुर तामाङ, खनियाबास गाउँपालिका–५ का ५६ वर्षीय रामेश्वर रिजाल, तिब्बत घर भई काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का ४६ वर्षीय छिरिङ वाङ्दिन शेर्पालाई पक्राउ गरेको हो ।

    प्रहरीले  बौद्धको तीनचुलीस्थित एक घरमा ४ असोजमा छापा मारेर जुवा खेलिरहेका बेला  पक्राउ गरेका  ७ जनामध्ये चार तिब्बती, दुई नेपाली र एक भारतीय नागरिक थिए ।उनीहरुमध्ये सोनाम नाम गरेका तिब्बती नागरिकको साथबाट जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता फेला परेको छ ।उनले चार लाख रुपैयाँ तिरेर नागरिकता लिएको बताएको प्रहरीको भनाइ छ ।बरामद नागरिकता सक्कल रहेको पाइएपछि नागरिकता बनाउन भूमिका खेलेको आरोपमा अरु चार जनालाई पक्राउ गरेर सोनामसहित पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस