Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 126
    Shares

  • नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी

    गोदावरी । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको नीजि क्षेत्रले देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र यसमा थप सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    मन्त्री भण्डारीले अर्थतन्त्रमा थप भूमिका खेल्ने गरी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व रहेको धारणा राख्नुभयो । “देशमा सञ्चालित ठुला, मझौला र कुटिर उद्योगीलाई प्रोत्साहन नगरेसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिँदैन । त्यसैले रोजगारीका अवसरसँगै आत्मनिर्भर बन्ने खालका उद्योगलाई प्रोत्साहन गर्न सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो । 

    सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४१ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । “चाडपर्वका बेला नागरिकले सहज र सहुलियत दरमा उपभोग्य सामान पाउन भन्ने उद्देश्यले सरकारले यस्ता पसल सञ्चालन गर्दै आएको छ । यसबाट लाभ लिन मेरो आग्रह छ”, उहाँको भनाइ थियो,“साथै चाडपर्वको मौका पारेर हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हकअधिकार सुनिश्चितताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलगायत सरोकार भएका निकाय गम्भीर भएर लाग्नुपर्ने आवश्यकता छ ।”

    मन्त्री भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्रियाकलाप विकासका लागि सरकार प्रतिबद्ध रहेको र कञ्चनपुरको दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनाको काम सोहीअनुसार अगाडि बढ्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस