काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को सुरुका दुई महिनामा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३० अर्ब बढीको भएको छ । १४ जीवन बीमा कम्पनीले साउन र भदौमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।दुई महिनाको अवधिमा १४ मध्ये ९वटा बीमा कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । अर्थात ९ कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका हुन् ।
बीमाशुल्क संकलन गर्ने कम्पनीहरूको शीर्षतम् स्थानामा नेपाल लाइफ रहेको छ भने निम्नतम् स्थानमा सनलाइफ रहेको छ । नेपाल लाइफले दुई महिनाको अविधमा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन लाइफले ७७ करोड ९४ लाखको बीमा शुल्क संकलन गरेको छ ।अर्ब बढी बीमा शुल्क संकलन गर्ने समूहको पुछारमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी १ अर्ब ६ करोड ४७ लाख बढी रहेको छ ।
एक अर्व समूहमा अन्य कम्पनीहरूमा नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ,एअलाईसी नेपाल ३ अर्ब ३० करोड ७५ लाख , हिमालय लाइफ इन्स्योरेन्स,३ अर्ब १० करोड १५ लाख,सूर्यज्योति लाइफ १ अर्ब ८४ करोड ५७ लाख , एशियन लाइफ इन्स्योरेन्स १ अर्ब ४७ करोड २० लाख ,सिटिजन्स लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड ७८ लाख र सानिमा रियलाइन्स लाइफ १ अर्ब १० करोड ६४ लाख बढीको बीमा शुल्क संकलन गरेका छन् ।