Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

चुक्ता पुँजी पु-याउन नसकेका बीमा कम्पनीहरूका लागि बीमा प्राधिकरणको विकल्प


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 372
    Shares

  • चुक्ता पुँजी पु-याउन नसकेका बीमा कम्पनीहरूका लागि बीमा  प्राधिकरणको विकल्प

    काठमाडौँ । असार मसान्तसम्म सबै बीमा कम्पनीहरूले पु-याउनु पर्ने चुक्ता पुँजी पु¥याउन नसकेकाहरूका लागि विकल्प सुझाइएको छ ।बीमा प्राधिकरणले गत असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पु-याउनुपर्ने व्यवस्था गरे अनुसार उनीहरूले पु¥याउन नसकेका हुन् ।बीमा प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी व्यवस्था गरेपछि यो बाधा फुकिने विश्वास लिइएको छ ।प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जनाए अनुसार कम्पनीहरूले स्पष्ट योजना बुझाउने गरी बाधा फुकाइएको हो । चुक्ता पूँजी नपुगेका कम्पनीले हकप्रद र बोनस सेयरबाट पु¥याउने गरी योजना बुझाइएको छ । 

    सूचीकृत कम्पनीहरू मध्ये असार मसान्तसम्म ५ जीवन बीमा कम्पनीले चुक्ता पूँजी ५ अर्ब पु-याए भने ७ कम्पनीले चुक्ता पूँजी पु¥याउन सकेका थिएनन् । यसैगरी निर्जीवन बीमातर्फ पनि ५ कम्पनीले साढे २ अर्ब चुक्ता पूँजी पु¥याए भने ७ कम्पनीले पु-याउन सकेका थिएनन् ।सरकारी बहुस्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा न्यून २६ करोड रुपैयाँ मात्रै  रहेकाले  कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने छ । यो कुल पूँजीमा ३० प्रतिशत सर्वसाधारण समूहको छ । बाँकी ४१.०३ प्रतिशत सरकार, १९.३७ प्रतिशत कर्मचारी सञ्चय कोष, ९.६० प्रतिशत नेपाल बैंकको स्वामित्व रहेको छ ।

    ५ अर्ब चुक्ता पुँजी पु-याउन लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाटै ८८ प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति पाइसकेको छ । एसियन लाइफले ४२ प्रतिशत हकप्रदबाट पुँजी जुटाउन लागेको हो । कम्पनीले बोर्डबाट स्वीकृति मागेको छ भने बोनस सेयर बाँडेर पु-याउन लागेको छ ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर घोषणा गरी ७ प्रतिशत हकप्रद निष्कासन गरी पु-याउने योजना बनाएको छ । यो कम्पनीले १७ प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति मागेको छ ।

    सानिमा रिलायन्सले २० प्रतिशत यसैगरी जुटाउन लागेको छ । रिलायबल नेपाल लाइफले बोनस सेयरबाटै चुक्ता पूँजी पु-याउने छ । कम्पनीले चुक्ता पूँजी पु-याउन करिब ८ प्रतिशत बोनस सेयर दिनुपर्ने देखिएको छ ।सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ सिटिजन लाइफ इन्स्योरेन्सले हकप्रद र बोनस गरी करिब २८ प्रतिशत निष्कासन गरेर पूँजी पु-याउन लागेको छ ।

    यसैगरी ७ निर्जीवन बीमा कम्पनीले यस्तै बाटो अपनाएको छ । चुक्ता पुँजी नपुगेका निर्जीवन बीमा कम्पनीहरूमा नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र  सानिमा जीआईसी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस