Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

संघ, प्रदेश र स्थानीय तह रोयल्टी बाँडफाँट पुरावलोकनका लागि सरोकारवालासँग सुझाव माग


नया सडक

२०८१, असोज २१ सोमबार

  • 573
    Shares

  • संघ, प्रदेश र स्थानीय तह रोयल्टी बाँडफाँट पुरावलोकनका लागि सरोकारवालासँग सुझाव माग

    काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई संशोधन गर्न पुनरावलोकन गर्न थालेको छ ।

    आयोगले  उक्त  प्रयोजनका लागि सरोकारवालासँग सुझाव मागेको  हो  । विभागले आफ्ना सुझावहरु सरोकारवालाहरूलाई  कात्तिक २३ गते भित्र पठाउन आग्रह गरेको छ ।
    अहिले प्राकृतिक स्रोतको रोयल्टीमध्ये ५० प्रतिशत संघ र २५÷२५ प्रतिशत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने व्यवस्था  छ ।रोयल्टी बाँडफाँटको यो अनुपात हरेक ५÷५ वर्षमा पुनरावलोकन गर्न नेपाल सरकारलाई आयोगले सिफारिस गर्ने र सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सो व्यवस्था हेरफेर गर्ने व्यवस्था छ ।

    पुनरावलोकनका सम्बन्धमा आयोगले समेत अध्ययन गरिरहेको जनाएको छ । आयोगका अनुसार अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ७ सँग सम्बन्धित अनुसूची ४ बमोजिम सम्बन्धित प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने रोयल्टी आयोगले निर्धारण गर्ने व्यवस्था छ ।आयोगले तय गरेको आधार (सूचक) र ढाँचा (भार) समेतको पुनरावलोकन गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाइएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस