
काठमाडौं। हिमालयन रिइन्सुरेन्सले आगामी जेठ २५ गते वार्षिक साधारण सभा गर्ने जनाएको छ। सभाका लागि कम्पनीले बुक क्लोज मिति जेठ ११ गते तोकेको छ, जसअनुसार लाभांश प्राप्तिका लागि सेयरधनी आज जेठ ८ गतेसम्म कायम हुनुपर्नेछ।
किनभने जेठ ९ गते शुक्रबार र १० गते शनिबार सेयर बजार बन्द हुने भएकाले आज सेयर खरिद नगरे लाभांश दाबी गर्न नमिल्नेछ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४.७५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। यसमध्ये ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरिएको छ।
मिति: जेठ २५ गते, आइतबार
स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं
समय: बिहान ११ बजे
साधारण सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह, सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च, प्रबन्धपत्र संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावमा छलफल तथा निर्णय गरिनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij