Logo

Apr 11 2025 | २०८१, चैत २९गते

Apr 11 2025 | २०८१, चैत २९गते

images

कृत्रिम बौद्धिकता ‘एआई’ सूचना प्रविधियुक्त आइफोन सिक्सटीन सिरिजका आइफोनहरू नेपाली बजारमा आयो

कृत्रिम बौद्धिकता ‘एआई’ सूचना प्रविधियुक्त आइफोन सिक्सटीन सिरिजका आइफोनहरू नेपाली बजारमा आयो

  • काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा अहिलेसम्मकै नयाँ कृत्रिम बौद्धिकता अर्थात ‘एआई’ प्रविधियुक्त आइफोन सिक्सटीन  सिरिजका आइफोनहरू  नेपाली बजारमा आइपुगेको छ ।एप्पल कम्पनीले ‘आइफोन सिक्सटीन (१६) ’ सिरिज  एक महिना अघि सार्वजनिक गरेको थियो । त्यसको एक महिना पछि नेपाली बजारमा उपभोक्ताले आइफोन सिक्सटीन किन्न पाउने भएको हुन् । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन सिक्सटीन सिरिज सार्वजनिक गरिएको थियो।

    नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट हो ।जेनेरेशन नेक्स्टका निर्देशक निकिता भिमसरियाले नेपाली उपभोक्ताले नेपाली बजारमा आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  आजैबाट देशरभर किन्न पाउने भएको जनाएकी छिन् ।निर्देशक भिमसरियाका अनुसार  नेपालभर आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  नेपाली उपभोक्ताले देशभरका स्टोरहरूबाट किन्न पाउनेगरी पठाइसकिएको छ ।

    iphone 16s.png

    उनका अनुसार काठमाडौँमा  न्युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  किन्न सकिनेछ । उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  किन्न सकिनेछन् ।यसैगरी  बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर र श्रेष्ठ मोबाइल तथा  बारामा रहेको एमएमएस जीतपुरस्टोरबाट उपभोक्ताहरूले आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ ।

    आइफोन सिक्सटीन सिरिजका आइफोनहरू  इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सक्ने व्यवस्था गरिएको छ ।एप्पलका म्याकबुक र आइप्याड किन्न हुलास फाइन्सबाट ईएमआई मार्फत उपलब्ध छ । यो सिरिज अन्तर्गत कुल चार मोडेल ः आईफोन सिक्सटीन, आइफोन सिक्सटीन प्लस, आइफोन सिक्सटीन प्रो र आइफोन सिक्सटीन  प्रोम्याक्स रहेका छन् । यसको मूल्य मोडेल र क्षमता अनुसार फरक–फरक हुने जेनरेशन नेक्स्टका निर्देशक भिमसरियाले बताइन् ।

    आईफोन सिक्सटीन सिरिजमा अति विशिष्ट फिचरहरुमा  टाईटेनियम डिजाइन, क्यामेरा कन्ट्रोल, फोरके १२० डल्बी भिजनका साथै एआईएस प्रो चिप्स रहेका छन्।आईफोन सिक्सटीनले यस पटकदेखि साथमा शिल्ड प्लस समावेश गरेको छ । यस्को मूल्य १३ हजार रुपैयाँ रहेको छ। यस अन्तर्गत एक वर्षको एक्स्टेन्डेड एक पटक फ्रन्ट स्क्रीन रिप्लेसमेन्ट र साथमा एक पटक ब्याक ग्लास रिप्लेसमेन्ट सुविधा पनि रहेको जनाइएको छ ।साथै प्रत्येक खरिदकर्ताले विक्ली ड्र मार्फत आईफोन सिक्सटीन  प्रो म्याक्स,एप्पल वाच सिरिज टेन र अन्य थुप्रै पुरस्कारहरु जित्न सक्ने जेनेरेशन नेक्स्टले जनाएको छ।

    स्टाइलिश डिजाइन र फिचरहरुले भरिएको आईफोन सिक्सटीन सिरिजका आइफोनहरूको बजार मूल्य रु १ लाख ५२ हजार ५ सयदेखि ३ लाख ८ हजारसम्म पर्ने कम्पनीले जनाएको छ।यो योजनमा सहभागी हुनका लागि छिटो गरी आईफोन खरिद गर्न र खरिद गर्दा जीनेक्स्ट,एमपीआईएकोे होलोग्राम चेक गर्न पनि कम्पनीले उपभोक्तालाई आग्रह गरेको छ । यो होलोग्राम भएको आईफोनमा मात्र शिल्ड प्लसको सुविधा रहेको पनि जनाइएको छ।

    gnext.png

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij