Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

यो पटक नोबेल पुरस्कारबाट सम्मानित अर्थशास्त्रीहरूले एआईको चुनौतीका लागि ठुलो राजनीतिक सुधारको खाँचो औँल्याए


नया सडक

२०८१, असोज २९ मंगलबार

  • 705
    Shares

  • यो पटक नोबेल पुरस्कारबाट सम्मानित अर्थशास्त्रीहरूले एआईको चुनौतीका लागि ठुलो राजनीतिक सुधारको खाँचो औँल्याए


    काठमाडौँ । रोजगारी खाने आधुनिक प्रविधि कृत्रिम बौद्धिकता (एआई)को चुनौती  आधुनिक अर्थशास्त्रका संस्थापक मध्येका एक डेभिड रिकार्डो बेलाको चुनौती भन्दा बढी ठुलो चुनौती आएको नोबेल पुरस्कारबाट सम्मानित हुन लागेका अर्थशास्त्रीहरूले औँल्याएका छन् ।यसपटक अर्थशास्त्रतर्फको  नोबेल पुरस्कार पाउने डारोन एसिमोग्लु र  साइमन जोन्सनले संयुक्त रूपमा यस्तो बताएका हुन् ।

    उनीहरूले प्रोजेक्ट सिण्डिकेटमा सार्वजनिक गरेका एआईको चुनौतीसम्बन्धी धारणामा यस्तो भनेका हुन् ।रिकार्डोको समयमा अहिलेको समयमा एआईका बारेमा व्यापारी र प्रविधि उद्योगका अगुवाको कृपामा विश्वास गर्नु खेलाँची हुने बताएका छन् । औद्योगिक क्रान्तिका समयमा बेलायतमा पनि लोकतन्त्रलाई उन्नत बनाउन, आन्दोलनरत मजदुरका संगठनलाई वैध बनाउन र प्राविधिक उन्नतिको दिशा बदल्न ठुलो राजनीतिक सुधार गर्नुपरेको सन्दर्भ उल्लेख गर्दै उनीहरूले  आज पनि हाम्रा सामु समान चुनौती खडा भएको बताएका छन् ।

    उनीहरूले  रिकार्डोको अनुभवबाट आधारभूत काम भनेको एआईबारेको समग्र भाष्यमा गर्नुपर्ने परिवर्तन नै रहेको सिक्नुपर्ने कुरो रहेको बताए । उनीहरूका अनुसार   रिकार्डोको जीवन र कृतिहरूबाट सिक्नुपर्ने भनेकै मेसिन आफैँमा असल वा खराब हुँदैनन् ।  मेसिनले रोजगारी सिर्जना गर्छन् कि खतम पार्छन् भन्ने कुरा तिनीहरूको प्रयोग भर पर्छ । यसबारे निर्णय गर्ने मानिसको छनोटमा भर पर्छ । रिकार्डोको समयमा उद्योग मालिकको सानो संख्याले निर्णय गथ्र्यो । त्यस्ता निर्णय सकेसम्म धेरै अटोमेसनमा केन्द्रित हुन्थे, त्यसले कामदारलाई धेरैभन्दा धेरै निचोर्ने काम गथ्र्यो ।

    उनीहरूका अनुसार आजको जेनेरेटिभ एआई पनि ठुलो सम्भावना बोकेर आएको कुरो यसको वैज्ञानिक अनुसन्धान लगायत विविध क्षेत्रमा  प्रभावशाली उपलब्धि हासिल गरेर देखाइसकेको छ । कामदारको क्षमता विकास गर्न, उनीहरुलाई झन्  सचेत,  बढी उत्पादक, अझ स्वतन्त्र र स्वावलम्बी तथा अझ बढी बहुमुखी रूपमा क्षमता विकास गर्न यसलाई प्रयोग गर्न सकिने कुरा दर्शाइ सकेको छ ।उनीहरूले त्यस्तो सोचेकोमा चिन्ता व्यक्त गर्दै भने अनुसार  ठुला कम्पनीहरूले एआईलाई मान्छेको क्षमता अभिवृद्धि गर्ने (अगमेन्टेसन)को सट्टा व्यापक रूपमा कामदारलाई विस्थापित गर्ने (अटोमेसन)को रूपमा विकास र प्रयोगमा क्रियाशील भएको देखिन्छन् ।

    यसले  अत्यधिक स्वचालित प्रणाली (अटोमेसन)को सामना गर्नुपर्ने खतरा देखिएकोले   धेरै कामदार विस्थापित हुने बाँकी रहेका कामदारले पनि निगरानी र नियन्त्रणको अपमानजनक स्थितिमा बाँच्नुपर्ने अवस्थाबाट गुज्रिनुपर्ने भएकोले पहिले स्वचालित बनाऊ अनि पछि मात्र बल्ल प्रश्न गर भन्ने  सिद्धान्तले व्यापक मात्रामा कार्यस्थल र समाजका सबै हिस्साबाट सूचना संकलन गर्न खोज्ने अवस्था सिर्जना गराएको छ ।  यसले मान्छेको निजत्व र गोपनीयताको सीमा कहाँसम्म हुने  विषयमा सवाल गरिसकेको छ ।उनीहरूका अनुसार  एआई र यसले राम्रा रोजगारीमा पार्ने खतरा बिल्कुल नयाँ समस्याजस्तो देखिएको भएपनि यो समस्यासँग जुध्नेको अर्थशास्त्री रिकार्डोको जीवन अनुभवबाट सिक्न सकिने छ ।लेखमा उनीहरूले  मेसिनको उदयपछि त्यतिखेर भएको अवस्थालाई प्रस्तुत गर्दै यस्तो भनेका छन् । निजी क्षेत्रको प्रविधि कम्पनीका अगुवाले एआईले रोजगारी खोस्ने भनाइका बारेमा दिलाउने आश्वासनमा विश्वास गर्न सकिने अवस्थाबारे उनीहरूले धारणा सार्वजनिक गर्दै यसलाई ठुलो चुनौती भनेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस