Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

पर्सा प्रहरीले लाखौँको सामानसहितको ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठायो

पर्सा प्रहरीले लाखौँको सामानसहितको ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठायो

  • काठमाडौँ । पर्सा प्रहरीले वीरगञ्जमा ६६ लाख रुपैयाँ बराबरको बदाम लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिलबीजकमा उल्लेख गरिए भन्दा बढीको सामान लोड गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको जनाइएको हो ।

    आइतबार राति पौने १२ बजे वीरगञ्ज –२१ परवानीपुर चोकमा म प्र.०३००१ ख ७६७३ नम्बरको मालवाहक ट्रक जाँच गर्दा बिल बीजकभन्दा बढीको सामान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

    वीरगन्जबाट काठमाडौं लैजाँदै गरेको अवस्थामा ६६ लाख २४ हजार रुपैयाँ बराबरको बदाम प्रहरीले नियन्त्रणमा लिएको र  थप अनुसन्धानका लागि प्रहरीले ट्रकसहित सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij