 
                                
                             
                                                            काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने गरी अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा स्थानहद तोकेको विरुद्ध परेको रिटमा शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij