Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा सम्बद्ध सरोकारवालासँग  छलफल

मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा सम्बद्ध सरोकारवालासँग  छलफल

  • काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा सम्बद्ध सरोकारवालासँग  छलफल अघि बढाएकी छिन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको  जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मापदण्डबारे आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।

    अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत सरोकारवाला निकायका उच्च अधिकारी छलफलमा  उपस्थित थिए ।

    छलफलपछि मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्तावमात्र भएको तर यो नै अन्तिम नभएको निष्कर्ष निकालिएको छ । द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने निष्कर्ष निकालिएको  जनाइएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij