Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

पर्सा प्रहरीले एक करोड बढीको मालवस्तुसहितको ट्रक समातेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

पर्सा प्रहरीले एक करोड बढीको मालवस्तुसहितको ट्रक समातेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

  • काठमाडौँ । प्रर्सा प्रहरीले एक करोड बढीको मालवस्तु लोड भएको ट्रक समातेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको छ ।विशेष सूचनाको आधारमा कार्तिक ६ गते राति सवा १० बजेतिर वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघरबाट ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्ति अनुसार ट्रकमा बिलबीजक भन्दा बढी मालवस्तु रहेकाले ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको हो । ट्रकमा  अन्दाजी एक करोड  १४ लाख ५१ हजार ८ सय ३३ रुपैयाँ बराबरको कपडालत्ता तथा औषधिसहितका मालवस्तु रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij