Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुंगानाको शपथ ग्रहण


नया सडक

२०८१, कात्तिक ८ बिहीबार

  • 420
    Shares

  • नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुंगानाको शपथ ग्रहण

    काठमाडौँ  । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष देवराज ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष  ढुंगानालाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालगायत पदाधिकारीहरूको उपस्थितिे थियो ।

    प्रतिक्रिया दिनुहोस