Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा


नया सडक

२०८१, कात्तिक ८ बिहीबार

  • 195
    Shares

  • समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौँ। नेपाल समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

    नेपालका लागि रेखा पौडेलले २, सावित्रा भण्डारी, सविता रानामगर,  अस्मिता कार्की र रश्मी घिसिङले समान १/१ गोल गरे। सविताले ८ औँ, सावित्राले १२ औँ, रेखाले १३ र ३६औँ, अस्मिताले ४७ औँ र रश्मीले ९४ औँ मिनेटमा गोल गरे। नेपाल पहिलो हाफमै ४–० ले अगाडि थियो। दोस्रो हाफमा नेपालले थप २ गोल गरेको हो।

    नेपालले अब समूह ‘ए’को उपविजेता भारतसँग खेल्नेछ। यस्तै समूह ‘बी’को उपविजेता बनेको भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस