Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

कातिक ६ सम्म बाढी पहिरो क्षतिको बीमा दाबी साढे ९ अर्ब बढी, बीमा भुक्तानी सवा तीस करोड बढी मात्र


नया सडक

२०८१, कात्तिक ९ शुक्रबार

  • 348
    Shares

  • कातिक ६ सम्म बाढी पहिरो क्षतिको बीमा दाबी साढे ९ अर्ब बढी, बीमा भुक्तानी सवा तीस करोड बढी मात्र

    काठमाडौं । कार्तिक ६ गतेसम्म बाढी पहिरोका कारण भएको क्षतिसम्बन्धी बीमा कम्पनीहरूमा गरिएको साढे ९ अर्ब बढीको दाबीमा सवा तीस करोड बढीको भुक्तानी मात्र भएको छ ।असोजको दोस्रो साता परेको वर्षाका कारण आएको  बाढी पहिरोका कारण भएको क्षतिसम्बन्धी  बीमा कम्पनीहरूमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बढीको दाबी गरिएको हो ।ती दाबीहरू मध्ये कातिक ६ गतेसम्म बीमा कम्पनीहरूबाट ३० करोड ३६ लाख रुपैयाँमात्र भुक्तानी दिएको छ ।

    भुक्तानी गर्नेमा  शिखर इन्स्योरेन्स सबै भन्दा बढी २१ करोड ५० लाख र बाँकी अन्य निजीवन बीमा कम्पनीहरूले भुक्तानी गरेका छन् । शिखरमा ९८ करोड ८१ लाख रुपैयाँको दाबी गरिएको थियो ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ भुक्तानी दिएको छ भने हिमालयन एभरेष्टले १ करोड ५५ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । सिद्धार्थ प्रिमियरमा २ अर्ब ६ करोडको बीमा दाबी  गरिएको । यसैगरी  हिमालयन एभरेष्ट र सगरमाथा लुम्बिनीमा क्रमशः ९७ करोड ३४ लाखर ६६ करोड ८१ लाख रुपैयाँ बीमा दाबी गरिएको छ ।

    सो अवधिसम्म ७ कम्पनीले कुनै भुक्तानी गरेका छैनन् ।कुनै भुक्तानी नगर्नेहरूमा नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् ।नेकोमा ४६ करोड ५० लाख रुपैयाँ , नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख, स्टार मइक्रोमा ३५ लाख, ट्रस्टमा १५ लाख, नेपाल माइक्रोमा ८ लाख र प्रोटेक्टिभमा २ लाख रुपैयाँको बीमा दाबी गरिएको छ ।

    bima pradhikaran.pngbima pradhikaran1.png

    प्रतिक्रिया दिनुहोस