काठमाडौँ । पर्साले प्रहरीले पौने दुई करोड बढीको खुद्रा तथा औषधि लोड गरिएका ट्रकहरू नियन्त्रणमा लिएर थप अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडान ८ घन्टाघरबाट सु.प.प्र. ०१–००१ ख २६९९ र सु.प.प्र ०१–००१ ख २६६१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएर लिएको हो ।
कातिक ८ गते राति १० बजे नियन्त्रणमा लिइएका ट्रकमा बिल बीजक भन्दा बढी मूल्यका मालवस्तु लोड गरेको पाइएको थियो । वीरगञ्जबाट कैलाली तथा बाँकेतर्फ ती ट्रक लान लागिएको अवस्थामा प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका ट्रकहरूमा एक करोड ८६ छयासी लाख ९ हजार ६ सय ७८ रुपैयाँ बराबरको मालवस्तु रहेको जनाइएको छ ।