Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

जिल्ला प्रहरी परिसर काठमाडौँले भन्सार छली मालवस्तु लोडगरिएको ट्रक र दुई जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठायो


नया सडक

२०८१, कात्तिक ११ आइतबार

  • 633
    Shares

  • जिल्ला प्रहरी परिसर काठमाडौँले भन्सार छली मालवस्तु लोडगरिएको ट्रक र दुई जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठायो

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाठौँले भन्सार छली लोड गरी ल्याएको मालवस्तुसहितको ट्रक र पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि भन्सार कार्यालय सानो गौचरण पठाएको छ ।विशेष सूचनाका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका वडान १४ कलंकीबाट  ना ७ ख ३४८१ नम्बरको ट्रकमा अवैधरूपमा भन्सार छली ल्याएको सामनसहित दुई जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले जारी गरेको विज्ञप्तिमा पक्राउ व्यक्तिहरूमा जिल्ला मोरङ बेलाबारी नगरपालिका वडान २ बस्ने सवारी ३५ वर्षका  चालक विकास पोखरेल र जिल्ला रामेछाप मन्थली नगरपालिका वडान ३६का सह चालक यामलाल घिसिङ रहेका छन् भने उक्त ट्रकमा उलन ,क्याटराइज र भेलभेटका सर्ट २१०४ थान, साडी ६४ थान , जिरा १ बोरा र खुर्सानी १ बोरा रहेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस