Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति

  • काठमाडौँ । भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्ने अनुमति दिएको छ। भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने निर्णय गरेको हो।

    यो चिनी ३० सेप्टेम्बर २०२६ सम्म निर्यात गर्न पाउने व्यवस्था गरिएको छ भने आयात पक्षमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जिम्मेवार रहनेछ।

    चाडपर्वका बेला नेपालमा चिनीको आपूर्ति अभाव देखिने भएकाले भारतले यस्तो कदम उठाएको हो। यद्यपि नेपालमा चिनी उत्पादन हुने भए पनि माग धान्न नसक्ने अवस्था रहँदै आएको छ।

    विज्ञका अनुसार नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ भने उत्पादन डेढ लाख मेट्रिक टन मात्र हुने गर्छ। यस कारण दोब्बर माग र आपूर्तिबीचको अन्तर चाडपर्वका बेला अझ प्रस्ट देखिने भएकाले भारतले दसैं–तिहार लक्षित गरेर निर्यात अनुमति दिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij