Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

विश्व बैंकबाट सहयोग लिन पाँच आयोजना द्रुतगतिमा पूर्वतयारी गर्ने सरकारको निर्णय

विश्व बैंकबाट सहयोग लिन पाँच आयोजना द्रुतगतिमा पूर्वतयारी गर्ने सरकारको निर्णय


  • काठमाडौँ । सरकारले विश्व बैंकको सहयोगमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको पूर्वतयारी द्रुतमार्गबाट (फास्ट ट्र्याक) गर्ने भएको छ।
    अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बुधबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले पाँच आयोजनाको पूर्वतयारी फास्ट ट्र्याकबाट गर्ने निर्णय गरेको हो । बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा सबै विषय टुंगो लगाइ पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ।

    मन्त्री पौडेलको सचिवालयले जानकारी सार्वजनिक गरे अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधार आयोजनाको पूर्वतयारी चाँडो सम्पन्न गर्ने निर्णय छ ।

    तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थान गर्न डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको पूर्वतयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ।

    पूर्वतयारी पूरा भएपछि सन् २०२५ मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेश गर्ने योजना छ ।
    अर्थमन्त्री पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिएको जनाइएको छ । नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने नीति अपनाइएको छ ।

    बैठकमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सहभागी थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि पनि बैठकमा थिए।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij