
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले निफ्रालाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो।
उक्त ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई सर्वसाधारणका लागि खुला रहनेछ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई अन्य संस्थाहरूलाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।
निफ्राले “६५ निफ्रा ऊर्जा ऋणपत्र -२०८८/८९” नामको यो ऋणपत्र ७ वर्षको अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो। ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडलाई दिइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij