Logo

Jul 15 2025 | २०८२, असार ३१गते

Jul 15 2025 | २०८२, असार ३१गते

images

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ बराबरको तरलता तान्दै राष्ट्र बैंंक

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ बराबरको तरलता तान्दै राष्ट्र बैंंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ बराबरको तरलता सोस्न लागेको हो ।

    निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने भनिएको छ ।

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले मंसिर १६ गते भुक्तानी दिनेछ ।यसका लागि आइतबार २ बजेसम्मको समय दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij