Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  •  

    काठमाडौँ ।  पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले आइतबार १३ दिन हिरासतमा राख्न अनुमति दिएको  सूचना अधिकारी सुरज अधिकारीले बताए। उनका अनुसार, आजदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति मिलेको हो।

    अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथो पटक अनुमति दिएको छ। यसअघि कात्तिक १३ गते जिल्ला अदालतले १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

    लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरि पोखरा लगिएको थियो। पहिलो पटक जिल्ला अदालतले पाँच दिनको म्याद दिएको थियो। त्यसपछि कात्तिक ८ गते थप सात दिनको म्याद दिएको थियो। तेस्रो पटक दश दिनका लागि अनुमति दिएको अदालतले आज भने १३ दिनको म्याद दिएको छ।

    आज पनि रास्वपाका कार्यकर्ताले अदालत बाहिर प्रदर्शन गरेका थिए। उनीहरू कात्तिक २ गतेदेखि नै पोखरामा प्रदर्शन गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij