काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ११३.०४ प्रतिशत धेरै हो ।
यस कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २६ करोड ३२ लाख रुपैयाँबाट घटेर २६ करोड ३५ लाख कायम भएको छ । गत वर्षको तुलनामा विद्युत बिक्री घटेको छ ।
कम्पनीको वित्तीय खर्च १३ करोड ९० लाखबाट घटेर ७ करोड ९९ लाख कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार देखिएको हो । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिंगटीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ जम्मा रहेको छ । एकुमुलेटेड घाटा १८ करोड ७० लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँ छ ।